दफा २०
सम्बन्धित तहको सेवामा समायोजन भएको मानिने
(१) यस ऐन बमोजिम सङ्घमा समायोजन भएका कर्मचारी सङ्घको सम्बन्धित सेवा, समूह वा उपसमूहको पदमा समायोजन भएको मानिनेछ।
(२) यस ऐन बमोजिम प्रदेशको सेवामा समायोजन भएका कर्मचारी सम्बन्धित प्रदेश निजामती सेवामा र स्थानीय तहको सेवामा समायोजन भएका कर्मचारी स्थानीय सेवामा समायोजन भएको मानिनेछ।